images
images
  • सांसदहरूलाई रवि लामिछानेको निर्देशन– गृह जिल्ला गएर सामाजिक सद्‌भाव कायम गर्न भूमिका खेल्नुस्

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा)ले कोशी र मधेश प्रदेशका सांसदहरूलाई गृह जिल्ला गएर सामाजिक सद्‌भाव कायम गर्न भूमिका खेल्न निर्देशन दिएका छन् ।

    बिहीबार सिंहदरबारमा मधेश र कोसी प्रदेशका सांसदहरूसँगको बैठकमा पार्टी सभापति रवि लामिछानेले यस्तो निर्देशन दिएको सांसद रहबर अन्सारीले जानकारी दिए ।

    उनकाअनुसार बैठकमा सभापति लामिछानेले कुनै पनि किसिमको धार्मिक सद्‌भाव भड्कन नदिने कुरामा पार्टी गम्भीर रहेको र निर्वाचन क्षेत्र गएर जिम्मेवार भूमिका निर्वाह गर्न निदेशन दिएका हुन् ।

    सांसद अन्सारीले पार्टीको निर्देशन बमोजिम सबै सांसदहरू आ-आफ्नो जिल्ला जान लागेको बताए । उनले राज्यका हरेक नागरिक एउटै परिवार हो भन्ने कुरामा पार्टी स्पष्ट भएको र नागरिक वा समुदायमाथि आइपर्ने कुनै पनि प्रकारको आपत्तिलाई पार्टीले गम्भीर रुपमा लिने बताए ।

    बैठकबाट बाहिरिँदै उनले नागरिकलाई धार्मिक, जातीय वा साम्प्रदायिक भावनामा ठेस पुग्ने, द्वेष फैलाउने र हिंसा भड्काउने खालका अभिव्यक्ति नदिन समेत अपिल गरे ।

    उनले भने, ‘राज्यका हरेक नागरिक एउटै परिवार हौँ भन्ने कुरामा पार्टी स्पष्ट छ ।

    कुनै पनि नागरिक वा समुदायमाथि कुनै पनि प्रकारको आपत्ति आउँछ भने पार्टी गम्भीर रुपमा लिन्छ ।

    र पार्टीका प्रत्येक सांसद र सदस्यले समेत मुलुकको उत्पन्न समस्याको अनरसिप लिनुपर्छ भन्दै सभापतिले स्पष्ट निर्देशन दिएका छन् ।

    पार्टीका सम्पूर्ण सांसदहरू आआफ्नो जिल्लामा गएर समन्वयकारी भूमिका खेल्न र सद्‌भावको सन्देश दिँदै यसप्रकारका सामाजिक सद्‌भाव कायम राख्न भूमिका खेल्नू भनेका छन् । सोहीअनुरुप हामी आआफ्नो प्रदेश र जिल्ला जान्छौँ । र राज्यका संयन्त्रहरुसँग आवश्यक समन्वय पनि गर्छौँ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images