images
images
  • लुम्बिनीमा आचार्य नै मुख्यमन्त्री, डेढ महिनापछि लिला गिरी

    बुटवल– लुम्बिनी प्रदेशमा तत्काल मुख्यमन्त्री चेतनारायण आचार्यलाई नै निरन्तरता दिने र करिब एकडेढ महिनापछि पूर्वमुख्यमन्त्री लिला गिरीलाई नेतृत्व हस्तान्तरण गर्ने सहमति भएको छ ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा गुण्डुस्थित निवासमा भएको छलफलमा यस्तो समझदारी बनेको स्रोतले जनाएको छ ।

    छलफलमा उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, मुख्यमन्त्री आचार्य र लिला गिरी सहभागी थिए ।

    आचार्यले केही समय दिएपछि आफूले पद छाड्ने बताएका थिए भने गिरीले पार्टी नेतृत्वको निर्णय स्वीकार गर्ने जनाएका थिए ।

    अब एमाले र नेकपाबीच मन्त्रालय बाँडफाँट, मन्त्रीहरूको जिम्मेवारी तथा साझा कार्ययोजनाबारे औपचारिक गृहकार्य अघि बढ्नेछ ।

    नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि एमाले र नेकपाले नयाँ सत्ता समीकरण बनाउने सहमति गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images