images
images
  • सुनसरी–सिरहा घटनाबारे सरकारप्रति रास्वपाकै सांसदको असन्तुष्टि, प्रम बालेन र गृहमन्त्रीको भूमिकामाथि प्रश्न

    काठमाडौं– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा)भित्र सरकारको कार्यशैलीप्रति असन्तुष्टि बढ्दै गएको संकेत संसद्मा देखिएको छ ।

    रास्वपाका सांसदहरूले सेवा प्रवाह, निर्णय क्षमता र सरकारको भूमिकामाथि सार्वजनिक रूपमा प्रश्न उठाएका छन् ।

    सांसद हरि पन्तले वीरगन्जस्थित नारायणी अस्पतालको घटनापछि आफूले समेत परिवर्तन महसुस गर्न नसकेको बताए ।

    प्रकाश पाठकले जनताले सरकार कहाँ छ ?

    भनेर प्रश्न गर्ने गरेको सुनाए ।

    अप्सना बानुले सुनसरीमा गोली चलाउने आदेश कसले दिएको भन्दै सरकारसँग जवाफ मागिन् भने उत्तमप्रसाद पौडेलले राहदानी, सिफारिस र राजस्व सेवामा बारम्बार ‘सर्भर डाउन’ हुने समस्याको छानबिन माग गरे ।

    सत्तारुढ दलकै सांसदहरू सरकारको आलोचनामा उत्रिनुले रास्वपाभित्र बढ्दो असन्तुष्टि र आन्तरिक दबाबलाई उजागर गरेको विश्लेषण गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images