images
images
  • गृहमन्त्रीले आज राष्ट्रिय सभामा उठेका सवालहरूको जवाफ दिने, यस्तो छ कार्यसूची

    काठमाडौं । राष्ट्रिय सभाको बैठक आज शुक्रबार दिउँसो १:१५ बजे बस्ने भएको छ ।

    बैठकमा प्रश्नोत्तर, ध्यानाकर्षण प्रस्ताव तथा शोक प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको छ ।

    जस अनुसार बैठकमा गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर दिने कार्यक्रम रहेको छ भने शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पनि मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ दिनेछन् ।

    यस्तै, राष्ट्रिय सभा सदस्य कमला पन्तले ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी’ सम्बन्धमा गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा समावेश छ ।

    यसैगरी बैठकमा संविधान सभा सदस्य, प्रतिनिधि सभाका पूर्व सदस्य तथा पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै राष्ट्रिय सभा अध्यक्षले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images