images
images
  • पूर्वराजा सिरहा द्वन्द्वबारे बोले, बोलेनन् प्रम बालेन

    काठमाडौं– सिरहा–सुनसरीलगायत क्षेत्रमा हालै भएका आपसी द्वन्द्व र विवादप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले दुःख व्यक्त गर्दै सबै नेपालीलाई संयम अपनाउन र आपसी सद्भाव कायम राख्न आग्रह गरेका छन् ।

    निर्मल निवासबाट जारी सन्देशमा उनले जनधनको क्षतिप्रति चिन्ता व्यक्त गर्दै नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधता नै देशको गौरव र पहिचान भएकाले यसमा खलल पुग्न नदिन सबैलाई आग्रह गरेका हुन् ।

    नेपाली समाज परम्परादेखि मेलमिलाप र सद्भावमा बाँच्दै आएको उल्लेख गर्दै उनले यस्ता अवाञ्छित घटना देशको मौलिक मूल्य र मान्यताविपरीत भएको बताएका छन् ।

    ‘हामी जहाँ बसे पनि नेपालीका रूपमा मिलेर बसौं, यही आजको आवश्यकता हो,’ सन्देशमा भनिएको छ ।

    यद्यपि हालसम्म प्रधानमन्त्री बालेन बोलेका छैनन् ।

    सुनसरी झडपबारे समाजिक सञ्जालमार्फत सहानुभूति प्रकट मात्रै गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images