images
images
  • संसद्‌मै प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    काठमाडौं– नेकपा (एमाले)की सांसद गंगादेवी श्रेष्ठले सुनसरीको कप्तानगञ्ज घटनामा गोली चलेको विषयमा प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङले नैतिक जिम्मेवारी लिनुपर्ने भन्दै तत्काल राजीनामा माग गरेकी छन् ।

    प्रतिनिधिसभा बैठकमा बोल्दै उनले उक्त घटनाको दोषी सरकारको नेतृत्व रहेको दाबी गर्दै प्रधानमन्त्री र गृहमन्त्रीले पद छाड्नुपर्ने बताइन् ।

    साथै, २०८२ भदौ २३–२४ को आन्दोलनमा गोली चलेको घटनाको प्रसंग उठाउँदै वर्तमान सरकारको दोहोरो मापदण्ड भएको आरोप पनि लगाइन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images