images
images
  • सरकारले जनताको अपेक्षा पूरा गर्न सकेन : प्रचण्ड

    काठमाडौं– नेकपा संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजनीतिक अवस्था सहज नभएको बताएका छन् ।

    बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जनताले निर्वाचनमा व्यक्त गरेको अपेक्षाअनुसार सरकारले काम गर्न नसकेको आरोप लगाए ।

    प्रचण्डले सरकारका गतिविधिले जनताको अपेक्षा पूरा गर्न नसकेको र दिनप्रतिदिन परिस्थिति अझ असहज हुने चिन्ता बढ्दै गएको बताए ।

    उनले लोकतान्त्रिक रूपमा सबैले आफ्ना मत राख्न पाउनु सकारात्मक भए पनि जनताको भरोसा जित्ने गरी काम गर्न सरकार असफल भएको टिप्पणी गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images