images
images
  • पूर्वप्रधानमन्त्री प्रचण्डले संसद्‌मा विशेष सम्बोधन गर्दै ||LIVE||

    काठमाडौं– नेकपाका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभाको बैठकमा शून्य समयपछि विशेष सम्बोधन गर्ने भएका छन् ।

    आजको कार्यसूचीअनुसार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

    यसैगरी सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका पूर्वसदस्य तथा संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम पनि रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images