images
images
  • राष्ट्रपति सीले भेट नदिने भएपछि रविको चीन भ्रमण अन्योल

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित भएपछि मात्रै चीन जाने अडान लिएका छन् ।

    उनी निकट नेताका अनुसार भदौ पहिलो साताका लागि भ्रमणको तयारी गरिए पनि उच्चस्तरीय भेट नहुने हो भने योजना पुनः स्थगित हुन सक्छ ।

    चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा हुने यो पहिलो चीन भ्रमण हो ।

    यसअघि असारका लागि तय भएको मिति सीसँग भेट निश्चित नभएपछि सारिएको बताइन्छ ।

    लामिछानेले भारत भ्रमणमा प्रधानमन्त्री मोदीलगायत उच्च नेतृत्वसँग भेट गरेको अनुभवलाई आधार मान्दै बेइजिङमा पनि सोही तहको व्यवस्था गर्न चाहेका छन् ।

    बेइजिङमा उपराष्ट्रपति र विदेशमन्त्रीसँग भेट लगभग निश्चित छ भने राष्ट्रपति सीको कार्यक्रम भने स्पष्ट छैन ।

    चीनले कूटनीतिक प्रोटोकललाई कडाइ गर्ने भएकाले राष्ट्रपति सीले सामान्यतया राष्ट्रप्रमुख वा सरकार प्रमुखलाई मात्र भेट्ने चलन छ ।

    यद्यपि, विशेष अवस्थामा विदेशी दलका शीर्ष नेतालाई पनि भेटेका उदाहरण छन् ।

    नेपालबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ मात्र पार्टी अध्यक्षको हैसियतमा सीसँग भेट्ने नेता हुन् ।

    तत्कालीन कांग्रेस सभापति कोइराला र देउवाको भ्रमण भने सीसँग भेट नहुने भएपछि स्थगित भएको चर्चा छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images