बुटवल– केन्द्रको निर्देशनपछि लुम्बिनी प्रदेशमा सत्ता समीकरण फेरिने चर्चा तीव्र बनेको छ ।
कांग्रेसले सरकार गठनका लागि आन्तरिक छलफल अघि बढाए पनि सरकारमा रहेका आफ्ना पाँच मन्त्रीको राजीनामा भने तत्कालका लागि होल्ड गरेको छ ।
कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मुख्यमन्त्री चेतनारायण आचार्यसँग छलफल भएको र केन्द्रको निर्णय तथा राजनीतिक परिस्थिति हेरेर थप कदम चालिने बताए ।
उता, एमालेभित्र पनि मुख्यमन्त्री पदका लागि विभिन्न नेताबीच लबिङ सुरु भएको चर्चा छ, जसले लुम्बिनीको राजनीतिक समीकरण थप रोचक बनेको छ ।
प्रतिक्रिया दिनुहोस्























