जनकपुरधाम– मधेस प्रदेश प्रहरीले लागूऔषधविरुद्ध विशेष अभियान सञ्चालन गरेपछि पछिल्लो तीन आर्थिक वर्षमा लागूऔषध सेवन तथा कारोबारमा संलग्न २,८११ जना पक्राउ परेका छन् ।
यस अवधिमा २,१२१ वटा लागूऔषधसम्बन्धी मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा २,५५४ नेपाली, २५३ भारतीय र एक विदेशी नागरिक छन् ।
अभियानका क्रममा गाँजा, चरेस, अफिम, ब्राउन सुगर, हिरोइन, ट्याब्लेट, सिरफ र इन्जेक्सन ठूलो परिमाणमा बरामद गरिएको छ ।
पछिल्लो आर्थिक वर्ष २०८२÷०८३ मा मात्रै ८७१ जना पक्राउ परेका छन् भने ६३० मुद्दा दर्ता भएका छन् ।
मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी ओमप्रसाद अधिकारीका अनुसार पक्राउ पर्नेमा अधिकांश २० देखि ३० वर्ष उमेर समूहका युवा छन् ।
खुला नेपाल–भारत सीमाको दुरुपयोग गर्दै लागूऔषध भित्रिने प्रवृत्ति बढेकाले सीमा क्षेत्रमा निगरानी र चेकजाँच थप कडा बनाइएको प्रहरीले जनाएको छ ।























