images
images
  • कोशीमा कार्की हटाएर मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने तयारीमा ओली

    काठमाडौं– एमाले–नेकपा गठबन्धनबीच पाँच प्रदेशमा संयुक्त सरकार बनाउने सहमतिसँगै कोशी प्रदेशको सत्ता समीकरण पनि फेरिने भएको छ ।

    कांग्रेस सरकारबाट बाहिरिने तयारीमा रहेसँगै एमाले नेतृत्वको सरकार बन्ने निश्चितजस्तै देखिएको छ।

    सत्ता परिवर्तनसँगै वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीको स्थानमा एमाले नेता तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने चर्चा तीव्र बनेको छ ।

    पार्टी अध्यक्ष केपी शर्मा ओली मेन्याङ्बोलाई अघि सार्न सकारात्मक रहेको स्रोतको दाबी छ ।

    मुख्यमन्त्री कार्कीले भने पार्टीबाट कुनै आधिकारिक जानकारी नआएको भन्दै निर्णय पार्टीकै निर्देशनअनुसार हुने बताएका छन् ।

    यता मेन्याङ्बोले आफू मुख्यमन्त्रीको जिम्मेवारीका लागि तयार रहेको बताएका छन् ।

    अन्तिम निर्णय भने एमाले शीर्ष नेतृत्वले गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images