सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले राजीनामा दिएका छन् ।
शनिबार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै उनले पदबाट राजीनामा गरेको घोषणा गरेका हुन् ।
मुख्यमन्त्री कँडेलविरुद्ध नेपाली कांग्रेस र नेकपाका १६ सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
सोही प्रस्तावमाथि छलफल गर्न शनिबार दिउँसो ३ बजेका लागि बैठक आह्वान गरिएको थियो ।
गत असार ३१ गते कर्णाली सरकारबाट कांग्रेसका चार मन्त्रीले सामूहिक राजीनामा दिइसकेका थिए ।
केन्द्रमा सत्ता समीकरण फेरिएपछि कर्णालीमा कांग्रेस–एमाले गठबन्धन टुटेको थियो, जसले गर्दा सरकार संकटमा परेको थियो ।
कँडेल २०८० साल चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।
सो समय माओवादीको समर्थन रहेको थियो ।
पछि केन्द्रमा प्रचण्ड नेतृत्वको सरकार ढलेपछि कांग्रेस र एमालेबीच प्रदेशमा पनि गठबन्धन भएको थियो ।
तर, एमालेले सत्ता सहकार्यमा आफूलाई बेवास्ता गरेको र पूर्वसहमति अनुसार कांग्रेसलाई सत्ता हस्तान्तरण नगरेको भन्दै आरोप लगाउँदै आएको थियो ।
कांग्रेस मन्त्रीहरूले राजीनामा दिएको भोलिपल्टै कांग्रेसले नेकपासँग नयाँ सत्ता सहकार्य अघि बढाएको छ र सोहीअनुसार मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराइएको हो ।























