images
images
  • बागमतीमा मुख्यमन्त्रीको दौडमा शालिकराम जमकट्टेल र सरल सहयात्री

    काठमाडौं– नेकपा (एमाले) र नेकपाबीच प्रदेश सरकार गठनका लागि सत्ता बाँडफाँड अन्तिम चरणमा पुगेको छ ।

    दुवै दलले सातमध्ये तीन–तीन प्रदेशको नेतृत्व गर्ने गरी छलफल अघि बढाएको भए पनि बागमती प्रदेशको नेतृत्व कसले गर्ने भन्ने विषय अझै टुंगिएको छैन ।

    नेकपाले वाग्मतीलाई आफ्नो बटमलाइन बनाएको छ भने एमालेभित्र पनि प्रदेश सरकारको नेतृत्व आफ्नै दलले पाउनुपर्ने दबाब बढेको बताइएको छ ।

    नेकपा वाग्मती अध्यक्ष सरल सहयात्री पौडेलले छलफल सकारात्मक रहेको र छिट्टै निर्णय आउने अपेक्षा व्यक्त गरेका छन् ।

    यदि वाग्मती नेकपाको भागमा परे प्रदेश अध्यक्ष सरल सहयात्री पौडेल र पूर्वमुख्यमन्त्री शालिकराम जमकट्टेल प्रमुख दाबेदार रहनेछन् ।

    एमालेले नेतृत्व पाए संसदीय दलका नेता जगन्नाथ थपलिया र पूर्व स्वास्थ्यमन्त्री किरण थापा मुख्यमन्त्रीको मुख्य प्रतिस्पर्धामा रहने स्रोतहरूको भनाइ छ ।

    दुई दलका शीर्ष नेताबीच वार्ता सकारात्मक रहेको र प्रदेश सरकारमा सहकार्यसँगै स्थानीय तह निर्वाचन तथा आवश्यक परे पार्टी एकीकरणसम्मका विषयमा समेत प्रारम्भिक छलफल भइरहेको स्रोतहरूले बताएका छन् ।

    प्रदेशहरूको अन्तिम बाँडफाँट शीर्ष तहको औपचारिक सहमतिपछि सार्वजनिक गरिने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images