images
images
  • संसद् भंग गर्ने चेतावनी दिएपछि संविधानविद्ले के भने ?

    काठमाडौं– कोसीका मुख्यमन्त्री हिक्कमत कार्कीले आफू हटाइए प्रदेश सभा विघटन हुन सक्ने चेतावनी दिएपछि प्रदेशको राजनीतिक समीकरण फेरि चर्चामा आएको छ ।

    कार्कीले संविधानको धारा १६८ (५) अन्तर्गत बनेको सरकार भएकाले विघटनको विकल्प रहेको दाबी गरेका छन् ।

    तर, संविधानविद्हरूले भने सरकार गठनको सम्भावना रहुञ्जेल प्रदेश सभा विघटन गर्न नमिल्ने स्पष्ट पारेका छन् ।

    संविधानविद् पूर्णमान शाक्यका अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा नयाँ सरकार बन्न सक्ने अवस्था रहेसम्म संविधानका अघिल्ला उपधाराअनुसार सरकार गठन गर्न सकिन्छ, प्रदेश सभा विघटन अन्तिम विकल्प मात्र हो ।

    उता नेपाली कांग्रेसले एमालेसँग सत्ता साझेदारी नगर्ने घोषणा गरे पनि केन्द्रको निर्णय नआएसम्म सरकार नछाड्ने जनाएको छ ।

    यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले कार्कीको स्थानमा अर्को नेतालाई मुख्यमन्त्री बनाउने तयारी गरिरहेको चर्चा भएपछि कोसीको सत्ता समीकरण थप पेचिलो बनेको छ ।

    हाल कोसी प्रदेशमा संविधानको धारा १६८ (५) अनुसार गठन भएको सरकार कायम छ ।

    संविधानविद्हरूले भने नयाँ बहुमत जुट्न सके प्रदेश सभा विघटन नगरी नयाँ सरकार गठन गर्न सकिने बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images