काठमाडौं– सत्ता सहकार्यको सम्भावनाबारे छलफल गर्न नेकपाका नेता वर्षमान पुन र प्रमेश हमाल सक्रिय भएका छन् ।
कांग्रेस–एमाले सहकार्य कमजोर बन्दै गएको अवस्थामा दुवै नेता एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटपछि आज कांग्रेस सभापति गगन थापासँग संवाद गर्ने तयारीमा छन् ।
पुनले. भने, ‘प्रदेश सरकार गठनका लागि हामी सबै दलसँग छलफल गर्छौँ ।’
त्यस्तै अर्का नेता हमालले पनि प्रदेशको अस्थिरतालाई स्थिरतातर्फ लैजान कांग्रेस र एमालेसँग छलफल हुन्छ ।
नेकपा स्रोतका अनुसार सहसंयोजक माधवकुमार नेपालको निर्देशनपछि सुरु भएको संवादको निष्कर्ष संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रस्तुत गरिनेछ ।
नेकपाभित्र कांग्रेस वा एमालेमध्ये कससँग सहकार्य गर्ने भन्ने विषयमा अझै अन्तिम निर्णय भइसकेको छैन ।
प्रतिक्रिया दिनुहोस्























