images
images
  • बागमतीका एमाले मन्त्रीलाई राजीनामा दिन निर्देशन

    काठमाडौं– बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले)का मन्त्रीहरूलाई सरकारबाट राजीनामा दिन निर्देशन दिइएको छ ।

    एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले कांग्रेस–एमाले सत्ता गठबन्धनमा आएको दरारपछि मन्त्रीहरूलाई उपयुक्त समयमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष राजीनामा बुझाउन निर्देशन दिएको बताएका छन् ।

    हाल बागमती सरकारमा एमालेका ६ मन्त्री छन् ।

    तीमध्ये कृषि, उद्योग–पर्यटन तथा भौतिक पूर्वाधार मन्त्रालय सम्हाल्ने ३ जना विभागीय मन्त्री र ३ जना बिना विभागीय मन्त्री रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images