images
images
  • प्रदेशका कांग्रेसीहरूले टेरेनन् गगन–विश्वप्रकाशको निर्देशन, ओलीप्रति विश्वस्त

    काठमाडौं– नेपाली कांग्रेसले एमालेसँगको प्रदेशस्तरीय सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरे पनि चार प्रदेशमा त्यसको कार्यान्वयन रोकिएको छ ।

    कर्णाली र सुदूरपश्चिममा मात्र निर्णय लागू भएको छ भने कोशी, बागमती, गण्डकी र लुम्बिनीमा कांग्रेसका मन्त्री तथा नेतृत्वले केन्द्रको निर्देशन मान्न अस्वीकार गरेका छन् ।

    केही प्रदेश मन्त्रीहरूले केन्द्र (गगन थापा–विश्वप्रकाश शर्मा)ले पार्टी सञ्चालनका लागि अप्रत्यक्ष रूपमा आर्थिक सहयोगको अपेक्षा राखेको र त्यसअनुसार सहयोग नपाउँदा गठबन्धन तोड्ने निर्णय गरिएको आरोप लगाएका छन् ।

    यद्यपि कांग्रेस सभापति गगन थापाले प्रदेश सरकारले पार्टी चलाउन कुनै रकम दिनु नपर्ने सार्वजनिक रूपमा स्पष्ट पारिसकेका छन् ।

    यता गठबन्धन फेरबदलसँगै अधिकांश प्रदेशमा नयाँ सरकार गठनका लागि अंकगणितीय दौड सुरु भएको छ ।

    कांग्रेस–नेकपा र एमाले–नेकपाबीच सम्भावित समीकरणका कारण साना दलहरू निर्णायक भूमिकामा देखिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images