images
images
  • बागमतीमा ६ मन्त्रालय खारेज, मन्त्री बने विना विभागीय

    हेटौंडा– बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या १४ बाट घटाएर ८ मा सीमित गरेको छ ।

    मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा प्रदेश प्रमुखले नयाँ मन्त्रालय कार्यविभाजन स्वीकृत गरेसँगै आजदेखि नयाँ संरचना लागू भएको हो ।

    मन्त्रालय पुनर्संरचनासँगै खारेज भएका ६ मन्त्रालयका कांग्रेस र एमालेका ६ जना मन्त्रीलाई विना विभागीय जिम्मेवारीमा राखिएको छ ।

    अब प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आन्तरिक मामिला, कानुन तथा सहकारी, आर्थिक मामिला तथा योजना, खानेपानी, ऊर्जा तथा सिँचाइ, भौतिक पूर्वाधार विकास, कृषि तथा पशुपन्छी, उद्योग, भूमि तथा प्रशासन तथा सामाजिक विकास मन्त्रालय कायम रहनेछन् ।

    पुनर्संरचनापछि कांग्रेसले मुख्यमन्त्रीसहित ४ मन्त्रालय र एमालेले ३ मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images