images
images
  • प्रदेशमा प्रचण्डको म्याजिक नम्बर किङमेकर

    काठमाडौं– सातै प्रदेशमा कांग्रेस–एमाले सत्ता सहकार्य संकटमा परेपछि नेकपा फेरि निर्णायक भूमिकामा देखिएको छ ।

    कांग्रेसले एमालेसँगको सहकार्य तोडेर नेकपासँग नयाँ समीकरणको सम्भावना खोजिरहेको स्रोतहरूको भनाइ छ ।

    कांग्रेस सभापति गगन थापा र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रारम्भिक छलफल भए पनि औपचारिक सहमति भएको छैन ।

    सुदूरपश्चिम सरकारको विवादपछि दुई दलबीचको सम्बन्ध थप चिसिएको बताइएको छ ।

    नेकपाका प्रवक्ता प्रकाश ज्वालाले विपक्षी दलहरूबीच व्यापक सहकार्य पार्टीको मूल नीति रहेको बताएका छन् ।

    यस्तै, पार्टी नेतृत्वले प्रदेशमा आवश्यकताअनुसार स्थानीय परिस्थितिका आधारमा निर्णय हुन सक्ने संकेत दिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images