images
images
  • मुख्यमन्त्री शाहले हटाए एमालेका ४ मन्त्री, को–को हुन् उनीहरू ?

    धनगढी– सुदूरपश्चिम प्रदेश सरकारमा बजेट विवाद चर्किएपछि मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा (एमाले)का तीन मन्त्री र एक राज्यमन्त्रीलाई पदबाट बर्खास्त गरेका छन् ।

    पदमुक्त हुनेमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की, भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल तथा राज्यमन्त्री निर्मला देवी साउँद रहेका छन् ।

    आगामी आर्थिक वर्ष २०८३–८४ को बजेटमा कांग्रेस–एमालेबीच सहमति जुट्न नसकेपछि मुख्यमन्त्रीले उक्त निर्णय लिएको स्रोतले जनाएको छ ।

    बर्खास्तीसम्बन्धी औपचारिक पत्र भने सार्वजनिक हुन बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images