images
images
  • सरकारको २ निर्णयले रवि–बालेनबीच टसल, ४ घटे गोप्य भेटले सुल्झिएन विवाद

    काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले सुकुमवासी व्यवस्थापन र राहदानी छपाइ (पासपोर्ट) प्रक्रियासम्बन्धी गरेका दुई निर्णयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने असन्तुष्ट बनेको स्रोतहरूको दाबी छ ।

    रास्वपाका नेताहरूका अनुसार विकल्पको पर्याप्त व्यवस्थाबिना सुकुमवासी हटाउने सरकारी कदम र राहदानी छपाइ प्रक्रियामा प्रधानमन्त्री सचिवालयबाट भएको हस्तक्षेपप्रति लामिछानेले असन्तुष्टि व्यक्त गरेका छन् ।

    सुकुमवासीलाई व्यवस्थापनसहित मात्रै स्थानान्तरण गर्नुपर्ने उनको धारणा रहे पनि सरकारले त्यसविपरीत कदम चालेको उनीनिकट नेताहरूको भनाइ छ ।

    त्यस्तै, राहदानी छपाइ विवादमा प्रधानमन्त्री सचिवालयका केही सदस्यको भूमिकाले सरकार र पार्टी दुवैको छविमा असर परेको भन्दै लामिछानेले गुनासो गरेको स्रोतको दाबी छ ।

    यिनै विषयलाई केन्द्रमा राखेर प्रधानमन्त्री बालेन्द्र शाह र सभापति रवि लामिछानेबीच आइतबार करिब चार घण्टा छलफल भएको बताइएको छ ।

    छलफलबाट निष्कर्ष ननिसक्नेको बताइएको छ ।

    यद्यपि उक्त छलफलमा सुकुमवासी व्यवस्थापन, सरकार सञ्चालन तथा पार्टीका बाँकी मनोनयनका विषयसमेत उठेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images