धनगढी– सुदूरपश्चिम प्रदेश सरकारभित्र बजेट विवाद तीव्र बनेको छ ।
सत्ता साझेदार नेकपा (एमाले)ले आफ्नै सरकारको बजेटविरुद्ध खर्च कटौती प्रस्ताव दर्ता गरेपछि मुख्यमन्त्री कमलबहादुर शाहले प्रस्ताव फिर्ता लिन वा सरकारबाट बाहिरिन एमालेलाई अल्टिमेटम दिएका छन् ।
स्रोतका अनुसार, एमालेले दुवै विकल्प अस्वीकार गरे सरकारमा रहेका एमालेका मन्त्रीलाई हटाउने तयारी गरिएको छ ।
एमालेका सांसदहरूले विभिन्न मन्त्रालयको बजेट एक रुपैयाँमा सीमित गरियोस् भन्ने खर्च कटौती प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गरेका छन् ।
यसैबीच प्रमुख प्रतिपक्ष नेकपाले पनि भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटविरुद्ध खर्च कटौती प्रस्ताव दर्ता गर्दै बजेट संविधान, संघीयता र आर्थिक अनुशासनविपरीत रहेको आरोप लगाएको छ ।
प्रतिक्रिया दिनुहोस्























