गण्डकी– गण्डकी प्रदेश सभाले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती गर्न दिने विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ ।
अब कम्पनी दर्ता गरी सरकारले तोकेको विशेष क्षेत्रमा ५ वर्षे इजाजतपत्र लिएर गाँजा खेती गर्न सकिनेछ ।
विधेयकले टीएचसीको मात्रा नियन्त्रण, प्रयोगशाला परीक्षण, त्रि–स्तरीय नियमन संयन्त्र तथा कडा सुरक्षा मापदण्ड अनिवार्य गरेको छ ।
अनुमति बिना वा तोकिएको सर्त विपरीत खेती गरेमा लागूऔषध ऐनअनुसार कारबाही हुने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्























