images
images
  • कांग्रेस–एमाले अस्थिरताको रोग पुनः बल्झियो : सातै प्रदेशका मुख्यमन्त्रीको पद धरापमा

    काठमाडौं– कांग्रेस र एमालेले दुई वर्षअघि भएको सातबुँदे सहमतिअनुसार मधेशबाहेक अधिकांश प्रदेशमा मुख्यमन्त्री परिवर्तन गर्ने तयारी गरेका छन् ।

    प्रदेशहरूको बजेट पारित भइसकेपछि साउनदेखि नेतृत्व आलोपालो गर्ने विषयमा दुवै दलबीच अन्तिम छलफल हुने भएको हो ।

    हाल बागमती, गण्डकी र सुदूरपश्चिममा कांग्रेस तथा कोशी, लुम्बिनी र कर्णालीमा एमाले नेतृत्वमा सरकार छन् ।

    सहमतिअनुसार बागमती र गण्डकी एमालेले तथा लुम्बिनी र कर्णाली कांग्रेसले नेतृत्व गर्ने सम्भावना छ ।

    सुदूरपश्चिममा भने नेकपालाई नेतृत्व दिने विकल्पबारे पनि छलफल भइरहेको छ ।

    यसैबीच, २०७९ को निर्वाचनयता साढे तीन वर्षमा सात प्रदेशमा २८ पटक मुख्यमन्त्री फेरिएका छन् भने २९१ जनाले मन्त्री बन्ने अवसर पाएका छन्, जसले प्रदेश सरकारको अस्थिरतामाथि थप प्रश्न उठाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images