काठमाडौं- ६ बर्ष अगाडी गैरआवासीय नेपाली संघले ‘मेघा प्रोजेक्ट’ अन्र्तगत रहेको लाप्राक ‘एनआरएनए नमूना बस्ती’बिहीवार हस्तारन्तरण हुने भएको छ।
०७२ बैशाख १२ मा गएको विनाशकारी भुकम्पका कारण प्रभावित गोरखाको लाप्राकस्थित भार्चे गाउँपालिका वडा नं. ४ मा एनआरएनएले निर्माण थालेको ५ सय ७३ वटा घर निर्माण सम्पन्नपछि विहीवार गैरआवासीय नेपाली संघले हस्तान्तरण हुन लागेको हो ।
बस्ती राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवाली र स्थानीय सरकारको उपस्थितीमा हस्तान्तरण हुनेछ । ५७ करोड ६६ लाखभन्दा बढी लागतमा निर्माण सम्पन्न गरिएको बस्ती हस्तान्तरणका लागि धार्चे गाउँपालिका वडा नंम्बर ४ र नेपाल सरकारवाट अनुमति प्राप्त भइसकेको छ । साथै बस्ती निर्माणमा सहयोग गर्ने दाताहरुको नाम र रकसहित शिलापत्रसमेत राखिएको छ।
०७२ बैशाख १२ भूकम्पको केन्द्रविन्दु बारपाक नजिकैको लाप्राक गाउँमा एनआरएले संचालन गरेबको सो प्राजेक्ट २०७३ साल बैशाख १२ गते गुम्सीपाखामा राष्ट्रपति बिद्यादेवी भण्डारी, पुनःनिर्माण प्राधिकरण्मा प्रमुख कार्यकारी गोविन्द पोखरेल, एनआरएनए तत्कालीन अध्यक्ष शेष घलेले घर बनाउने सम्झैता पत्रमा हस्ताक्षर गरेका थिए ।
बैशाखमा सम्झौता भएपनि वस्ती निर्माणको शिलान्याश २०७३ माघमा भएको थियो । बस्तीका लागि सरकारले १८.३२ हेक्टर क्षेत्रफल जग्गाको भोगाधिकार दिएको थियो । गुप्सीपाखाको १८.३२ हेक्टर क्षेत्रफलमा लाप्राक नमूना बस्ती गुरुयोजना अनुसार ५७३ घर बनाउनका लागि २०७३ माघवाट गरेको थियो । गुरुयोजनामा उल्लेख अनुसार नमुना बस्तीमा प्रत्येक घर ३ आना ३ पैसा क्षेत्रफल बनेका छन् । गैर आवासीय नेपाली संघको मेगा प्रोजेक्टको रुपमा रहेको ऐतिहासिक लाप्रार्क नमूना बस्तीको निर्माण सम्पन्न हस्तान्तरण हुन लागेको हो ।

धैर्यताको लागि लाप्राकवासीलाई धन्यवाद: अध्यक्ष पन्त
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ‘लाप्राक नमूना वस्ती’को निर्माण कार्य पूरा भएको जनाएको छ । निर्माण कार्य पूरा भएपछि संघले बिहीवार सेवाग्राहीलाई वस्ती हस्तान्तरण गर्न लागेको अध्यक्ष कुमार पन्तले जानकारी दिए।
अध्यक्ष पन्तले भने, यो परियोजनाको परिकल्पनादेखि समापनसम्म हरेक चरणमा गैरआवासीय नेपाली संघका पुर्वअध्यक्ष एवं हाल प्रमुख संरक्षक शेष घले दम्पतीको विशेष योगदान स्मरणीय छ ।
वस्ती हस्तान्तरणका लागि धार्चे गाउँपालिकाको ४ नम्बर वाड र नेपाल सरकारबाट अनुमति प्राप्त भइसकेको पन्तले बताए । ‘बैशाख ९ बिहीबार जग्गा धनी पूर्जासहित लाभग्राहीलाई हस्तान्तरण गर्दैछौँ,’ पन्तले भने । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीको उपस्थितिमा वस्ती हस्तान्तरण गरिने पन्तले जानकारी दिए ।
०७२ वैशाख १२ मा गएको भूकम्पमा परी गोरखाको लाप्राकमा कूल ५७३ घर भत्किएका थिए। भत्किएका घर निर्माणको जिम्मा एनआरएनएले लिएको थियो। जसका लागिे सरकारले १८.३२ हेक्टर जमिन उपलब्ध गराएको थियो।
महाभूकम्पपछि एनआरएनएले थालेको एउटा महत्वाकांक्षी परियोजना हो, लाप्राक नमुना वस्ती निर्माण । मेघा प्रोजेक्ट अन्तर्गत राष्ट्रिय पुननिर्माण प्राधिकरण, शहरी विकास मन्त्रालय र संघबीच त्रिपक्षिय सम्झौता भएको थियो ।
भौगोलिक विकटता र मौसमको प्रतिकूलताका कारण वस्ती निर्माणमा ढिलाई हुन पुगेको अध्यक्ष पन्तले बताए । करिव ६ वर्षको अवधिमा वस्ती निर्माणमा लाग्यो, निर्धारित समयभन्दा केहि ढिला भएकोमा हामीले नेपाल सरकार र लाप्राकवासीसंग वस्ती निर्माणमा ढिलाइ भएका त्यसको लागी क्षमा माग्नै पर्छ। पन्तले धैर्यताको लागि लाप्राकवासीलाई धन्यवाद समेत दिए ।
संघका अध्यक्ष कुमार पन्तले यही वैशाख ९ गते गोरखाको लाप्राकमा भुकम्प पीडितका लागि बनाइएको एकिकृत नमूनाबस्ती हस्तान्तरण हुन लागेको जानकारी गराए । अध्यक्ष पन्तले निर्माण सम्पन्न गर्दै हस्तान्तरण हुन लागेको ५७३ वटा आवास र अन्य सामुदायिक संरचना बनाउन विभिन्न तवरले सहयोग गर्नु हुने सवैलाई धन्यवाद ज्ञापन गरे ।

पुनःनिमार्ण सक्न अर्को महाभुकम्पः सोनाम लामा, संयोजक (लाप्राक नमूना बस्ती परियोजना)
भौगोलिक विकटता र अरु प्रतिकूलतासँग जुधेर यहाँसम्म आइपुग्न सोचेभन्दा बढी समय लागेको बताउदै निकेै ठुलो पीडाका बीच यो क्षणसम्म धैर्य गर्नुहुने लाप्राकवासीलाई पनि धन्यवाद ज्ञापन गरे ।
एनआरएन उपाध्यक्ष तथा परियोजनाका संयोजक सोनाम लामाका अनुसार हस्तान्तरणको सम्पुर्ण तयारी पुरा भएको छ । संघको उपाध्यक्षमा निर्वाचीत भएर आएसँगै मलाई लाप्राक नमूना बस्ती परियोजनाको जिम्मा दिइएको थियो । डेढ वर्षको अथक प्रयासपछि मैले पाएको जिम्मेवारी पूरा गर्न सफल भएको छु । परियोजना सम्पन्न भएसँगै हामी सबैको सपना साकार भएको छ ।
२०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण प्रभावित गोरखा जिल्लाको लाप्राकस्थित धार्चे गाउँपालिका वडा नम्बर ४ का ५ सय ७३ वटा नीजि आवास जग्गा धनी पूर्जासहित लाभग्राहीहरुलाई हस्तान्तरण गर्दैछौ ।
यस परियोजनालाई सफलताका साथ सम्पन्न गर्न सहयोग गर्नुहुने नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरण, सहरी विकास मन्त्रालय, नेपाली सेना, गोरखा जिल्लाका स्थानीय सरकार, जनप्रतिनिधिहरु, गाउँपालिकाका अध्यक्ष ज्यू लगायत सम्पूर्ण सदस्यहरु, नेपाल प्रहरी, समाजसेवीलगायत सहयोग गर्नुहुने सबैप्रति हार्दिक आभार प्रकट गर्दछु ।
यस परियोजनालाई सम्पन्न गर्न अहोरात्र खट्नु हुने संघका पूर्वअध्यक्ष तथा प्रमुख संरक्षक शेष घले, जमुना गुरुङ घलेलगायत आइसिसी तथा एनसिसीहरु, सम्पूर्ण दाताहरु लगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सबैमा हार्दिक आभार तथा धन्यवाद प्रकट गर्दछु ।
यस नमूना बस्तीका सबै लाभग्राहीहरु, सबै कर्मचारी तथा परामर्श दाताहरु तथा सहयोग गर्नुहुने सबैप्रती हार्दिक आभार प्रकट गर्दछु । यस परियोजनालाई आर्थिक सहयोग गर्नुहुने गैर आवासीय नेपाली संघका अग्रजहरु, सहयोग गर्नुहुने विभिन्न संघसंस्था तथा सहयोगी दाताहरु, नेपाल सरकार, स्थानीय सरकार लगायत सम्पूर्ण दाता एवं अन्य सहयोगी र स्वयसेवक तथा योगदान गर्नुहुने सबैप्रति हार्दिक आभार तथा धन्यवाद ।

लाप्राक नमूना बस्ती गैरआवासीय नेपालीहरुको बदनाम गर्ने कामः पुर्वअध्यक्ष घले
गैरआवासीय नेपाली संघका तत्कालिन अध्यक्ष एवं हाल प्रमुख संरक्षक शेष घलेको विशेष पहलमा गैरआवासीय नेपाली संघ, नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरण र सहरी विकास मन्त्रालय बैशाखमा सम्झैता भएपनि लाप्राक नमूना बस्ती गुरुयोजना अनुसार ५७३ घर बनाउनका लागि ०७३ माघवाट सुरु भएको थियो ।
गैरआवासीय नेपाली संघका तत्कालिन अध्यक्ष हटेपछि भवन भट्टले अध्यक्षको रुपमा एनआरएनएमा आएपछि लाप्राक नमूना बस्ती पुरानो हिसाबले गति लिन सकेन्न्ँ उल्टै विवादमा फस्न पुग्यो निमार्ण कार्यले गति नै पाउन छोड्यो । नेपाली सेना, गैरआवासीय नेपाली र स्थानियहरुको जनसहभागितामा लाप्राक नमूना बस्ती निमार्ण गरि रहको थियो । अध्यक्ष भट्टको गैरआवासीय नेपाली संघमा आएसंगै गैरआवासीय नेपाली श्रमदान गर्ने कामलाई बन्द गरियो र उल्टै विभिन्न वहानामा लाप्राक नमूना बस्तीको घरहरुको डिजाइन परिर्वतन गरियो जुन घाटक थियो ।
समय र लागत एक्कासी यसरी बढ्यो त्यो प्रत्येक गैरआवासीय नेपालीहरुले एक एक पैसा जोगाएर पठाएको पैसामा कोही कसैको विजनेशका लागी एकाएक घरहरुको डिजाइन परिर्वतन गर्न मिल्छ ? उनको प्रश्न गरे । आम नेपालीहरुले लाप्राक नमूना बस्ती गैरआवासीय नेपालीहरुलाई हेर्ने नजरमात्रै होईन पुरै बदनाम गर्ने काम भयो । मैले पटक पटक नेतृत्वलाई लिखित र मैखिक रुपमा समेत लापार्क एनआरएनए नमुना बस्तीको डिजाइन परिर्वतन नगर्न भनेर सुचना गरेपनि एकपक्षिय रुपमा परिर्वतन भयो जुन त्यहाँका स्थानिय जनताहरु समेतले असन्तुष्ट छन् ।

एनआरएनले बनाएको नमुना बस्ती बाहिर बोक्रो, भित्र खोक्रो भनेजस्तो
भार्चे एकीकृत नमुना बस्ती चिरिच्याट्ट देखिन्छ। तर, यहाँबनाइएका घरका संरचना कच्चा रहेको भन्दै लाप्राकका बासिन्दाले असन्तुष्टि जनाएका छन्।
ढोका पनि प्लास्टिकको छ, झ्याल पनि प्लास्टिकको छ’, वडाध्यक्ष राज गुरुङले भने, ‘बाहिर बोक्रो, भित्र खोक्रो भनेजस्तो छ। सानोतिनो ठक्करले पनि कतिपय घरका झ्यालढोका फुटिरहेका छन्। घर असुरक्षित भयो।’ काठका झ्यालढोका बनाउन वडा र गाउँपालिका कार्यालयले जति अनुरोध गर्दा पनि सुनुवाइ नभएको गुनासो वडाध्यक्ष गुरुङले गरे।
भूकम्पका कारण विस्थापित भएका लाप्राकवासीलाई पुनःस्थापित गराउन गैरआवासीय नेपाली संघ ९एनआरएनए०ले यो बस्ती निर्माण गरेको हो। बस्तीमा ५ सय ७३ वटा घर निर्माण सम्पन्न गरेको छ।
सक्नेले एनआरएनएले बनाएको झ्यालढोका फालेर आफैंले बनाएका छन्। ‘भन्न त हामीले हस्तान्तरण नगरेसम्म यो झ्यालढोका नफाल्नू भनेका थिए। तर, मैले नै हो सबैभन्दा पहिले फालेको’, साविक लाप्राक गाविसका पूर्वउपाध्यक्ष बिसबहादुर गुरुङले भने, ‘जस्ता पनि यति कच्ची छ कि, वडाध्यक्षको घरको जस्ता पनि प्वाल परिसक्यो। अरू ३०–३५ वटा घरका जस्ता प्वाल परेका छन्।’
तस्विरः सोनाम लामा





















