काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति असन्तुष्टि व्यक्त गर्न थालेका छन् ।
उनीहरूको गुनासो अनुसार मधेसबाट ठूलो जनसमर्थन पाए पनि पार्टीले मधेसलाई पर्याप्त प्राथमिकता दिएको छैन ।
असन्तुष्ट नेताहरूले केन्द्रीय नेतृत्व, मन्त्री नियुक्ति र अन्य जिम्मेवारीमा मधेसीहरूको प्रतिनिधित्व कमजोर रहेको बताएका छन् ।
पार्टी केही सीमित नेताको निर्णयमा चलेको आरोप पनि लगाइएको छ ।
विश्लेषकहरूका अनुसार मधेसमा बढ्दो असन्तुष्टिले पार्टीको संगठन र जनविश्वासमा असर पार्न सक्छ ।
नेताहरूले आगामी केन्द्रीय मनोनयनमा मधेसी प्रतिनिधित्व सुनिश्चित भए–नभएको आधारमा आफ्नो आगामी निर्णय लिने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्























