काठमाडौं– श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखाले दक्षिण कोरिया जाने श्रमिकको भिसा शुल्क वृद्धि भएको जनाएको छ ।
नेपालस्थित कोरियन राजदूतावासको निर्णयअनुसार अब भिसा शुल्क १० हजार ७ सय रुपैयाँबाट बढाएर ११ हजार ३ सय रुपैयाँ कायम गरिएको छ ।
नयाँ शुल्क असार १७ गतेदेखि लागू भएको हो ।
ईपीएसमार्फत सीसीभीआई प्राप्त गरेका श्रमिकले नयाँ शुल्क नेपाल बैंक लिमिटेड, गाबाहल शाखास्थित तोकिएको खातामा जम्मा गरी सक्कल भौचरसहित सीसीभीआई फारम ईपीएस कार्यालयमा स्वयं उपस्थित भई बुझाउनुपर्नेछ ।
शाखाले एउटै व्यक्तिको नाममा दोहोरो भुक्तानी भएमा रकम फिर्ता नहुने पनि स्पष्ट पारेको छ ।
प्रतिक्रिया दिनुहोस्























