विराटनगर– कोशी प्रदेश सरकारले प्रदेश सभा सदस्यका स्वकीय सचिवहरूको रोकिएको पारिश्रमिक नियमित रूपमा उपलब्ध गराउने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनपछि रोकिएको पारिश्रमिक रोकिएको मितिदेखि नै नियमित गर्ने निर्णय गरेको हो ।
बैठकले प्रदेश योजना आयोगको रिक्त सदस्यमा सुनसरीको बराहक्षेत्र नगरपालिका–२ निवासी अनिल थापालाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।
यसैगरी, प्रदेश खेलकुद (पहिलो संशोधन) अध्यादेश–२०८३ लाई प्रतिस्थापन गर्ने विधेयक प्रदेश सभामा पेस गर्न स्वीकृति दिइएको छ ।
साथै, प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन–२०७८ संशोधनसम्बन्धी विधेयक पनि स्वीकृत गरिएको सरकारले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्























