images
images
  • ९ दिनमै ५४ कर्मचारीको राजीनामा, ३० वर्षे सेवाअवधिको चर्चाले बढायो त्रास

    काठमाडौं– प्रस्तावित संघीय निजामती सेवा विधेयकमा ३० वर्ष सेवा पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाश दिने र सोभन्दा माथिको अवधि पेन्सन प्रयोजनमा गणना नहुने चर्चा चलेसँगै निजामती सेवामा राजीनामाको लहर देखिएको छ ।

    निजामती किताबखानाको तथ्यांकअनुसार असार लागेपछि नौ दिनमै ५४ कर्मचारीले राजीनामा दिएका छन् ।

    राजीनामा दिनेमा तीन सहसचिव, पाँच उपसचिव, तीन शाखा अधिकृत तथा बाँकी अन्य तहका कर्मचारी छन् ।

    सामान्य अवस्थामा यही अवधिमा करिब २२ जनाले मात्र राजीनामा दिने गरेकामा यसपटक संख्या दोब्बरभन्दा बढी पुगेको छ ।

    हाल निजामती सेवामा ३० वर्षभन्दा बढी सेवाअवधि भएका ५,२५८ कर्मचारी छन् ।

    प्रस्तावित व्यवस्थाले पेन्सन सुविधा घट्न सक्ने आशंकाका कारण धेरै कर्मचारीले समयअघि नै राजीनामा दिएको अधिकारीहरूको भनाइ छ ।

    संघीय निजामती सेवा ऐनको मस्यौदा हाल कानुन मन्त्रालयमा छलफलको क्रममा रहेको छ ।

    मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि मात्र विधेयक संसद्मा जाने वा अन्य प्रक्रियाबाट अघि बढ्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images