काठमाडौं– मंगलबार देशका हिमाली तथा पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदलीदेखि मौसम सफा रहने अनुमान छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहर तथा बागमती र गण्डकीका केही तराई क्षेत्रमा तातो दिनको प्रभाव रहने सम्भावना छ ।
राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन–चट्याङसहित वर्षा हुन सक्ने मौसम पूर्वानुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्























