images
images
  • बालेन सरकार कलाकारमाथि निर्मम : सभामुखमाथिको रोस्टमा सेन्सरसिप, ११ पटक बिप

    काठमाडौं– टिभी शो ‘कमेडी दरबार’को पछिल्लो एपिसोडमा सभामुखलाई लक्षित गरिएको प्रस्तुति विवादमा परेको छ ।

    प्रेस काउन्सिलको निर्देशनपछि उक्त एपिसोडमा ‘सभामुख’ शब्द ११ पटक बिप गरेर म्युट गरिएको छ ।

    सिजन ३ को नवौं एपिसोडमा कलाकार सरोज भण्डारी र सुजन जिम्बाले सभामुख र मर्यादापालकको भूमिकामा व्यंग्यात्मक प्रस्तुति दिएका थिए ।

    ट्रेलर सार्वजनिक भएपछि अधिवक्ता खगेन्द्र चापागाईंले प्रेस काउन्सिलमा उजुरी दिएका थिए ।

    उजुरीपछि काउन्सिलले विवादित अंश हटाउन निर्देशन दिएपछि ओएसआर रियालिटीले बिप राखेर एपिसोड युट्युबमा सार्वजनिक गरेको हो ।

    निर्देशक श्रद्धा प्रसाईंले यसलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको बताएकी छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images