images
images
  • रवि–बालेन–स्वर्णिमको क्षेत्रमा बजेटको खोलो, कर्णालीमा सुख्खा

    काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि पूर्वाधार विकास मन्त्रालयमार्फत विभिन्न जिल्लामा गरेको बजेट विनियोजन सार्वजनिक भएपछि प्रमुख नेताहरूको गृहजिल्लामा परेको बजेटको तुलना गरिएको छ ।

    झापामा अघिल्लो वर्ष १२ अर्ब ४० करोडभन्दा बढी बजेट परेकोमा यो वर्ष करिब आधा घटेर ६ अर्ब ६९ करोडमा सीमित भएको छ ।

    रूपन्देहीमा पनि करिब १ अर्ब ५० करोडले कटौती हुँदै ९ अर्ब ४४ करोड विनियोजन गरिएको छ ।

    चितवन र गोरखामा समेत अघिल्लो वर्षको तुलनामा बजेट घटेको छ ।

    तनहुँ भने अपवाद देखिएको छ, जहाँ अर्थमन्त्री स्वर्णिम वाग्लेको जिल्लामा बजेट केही बढेर ३ अर्ब ७१ करोड पुगेको छ ।

    समग्रमा प्रभावशाली नेताहरूका जिल्लामा बजेट घटे पनि अझै अन्य जिल्लाको तुलनामा तुलनात्मक रूपमा बढी विनियोजन देखिएको छ ।

    अर्थमन्त्रीले भने पहिले सुरु भएका आयोजनाको निरन्तरताका कारण यस्तो विनियोजन गरिएको स्पष्ट पारेका छन् ।

    यद्यपि रास्वपा सभापति रवि लामिछानेको निर्वाचन क्षेत्र चितवन, अर्थमन्त्री स्वर्णिम वाग्लेको निर्वाचन क्षेत्र तनहुँको बजेट कर्णाली प्रदेशको भन्दा बढी विनियोजन गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images