काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रदेश अधिवेशनमा प्रतिनिधिसभाका तीन सांसद प्रदेश सभापतिको निर्वाचनमा पराजित भएका छन् ।
बागमतीमा डा.अच्युत्तम लामिछाने, गण्डकीमा राजन गौतम र सुदूरपश्चिममा जनकसिंह धामी हार व्यहोरेका हुन् ।
बागमतीमा उत्सव अर्यालले लामिछानेलाई २ मतले पराजित गर्दै ४१६ मतसहित सभापतिमा विजय हासिल गरे ।
गण्डकीमा नविन त्रिपाठी २३४ मतसहित विजयी हुँदा गौतमले १८२ मत पाए ।
सुदूरपश्चिममा प्रकाश विष्टले ३५८ मत ल्याएर धामीलाई १५४ मतमा सीमित पारे ।
सात प्रदेशमध्ये मधेस बाहेक अन्य प्रदेशमा अधिवेशन सम्पन्न भइसकेको छ भने कर्णालीको मतगणना जारी छ ।
प्रतिक्रिया दिनुहोस्























