काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कर्णाली प्रदेश अधिवेशनमा निर्वाचन प्रक्रिया रोक्न माग गर्दै सभापति पदका उम्मेदवार नन्दकिशोर बस्नेत (एनके)ले केन्द्रमा उजुरी दिएका छन् ।
सुर्खेतको वीरेन्द्रनगरमा मंगलबार बिहानदेखि नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।
बस्नेतले फर्जी मतदातालाई प्रतिनिधि बनाइएको, दर्ता नभएका उम्मेदवारलाई अन्तिम नामावलीमा समावेश गरिएको तथा प्यानल बनाएर मतदाता प्रभावित पार्ने प्रयास भएको आरोप लगाउँदै निर्वाचन स्थगित गर्न माग गरेका हुन् ।
प्रतिनिधि विवादका कारण आइतबारदेखि सुरु भएको अधिवेशनमा मतदान ढिलाइ भएको थियो ।
बस्नेतले ३०० भन्दा बढी विवादित प्रतिनिधिलाई कायम राखेर निर्वाचन गराइएको दाबी गर्दै निर्वाचन समिति र सहमहामन्त्री विपिन आचार्यलाई जानकारी गराइसकेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्























