images
images
  • रास्वपा सुदूरपश्चिमको नयाँ नेतृत्वमा प्रकाश विष्ट

    धनगढी– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश समितिको सभापतिमा इन्जिनियर प्रकाश विष्ट निर्वाचित भएका छन् ।

    प्रदेश अधिवेशनअन्तर्गत भएको निर्वाचनमा विष्टले ३५८ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

    उनका निकटतम प्रतिद्वन्द्वी जनकसिंह धामीले १५४ मत प्राप्त गरेका थिए ।

    निर्वाचन परिणामअनुसार विष्टले उल्लेख्य मतान्तरसहित प्रदेश नेतृत्वको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

    अधिवेशनमार्फत प्रदेश समितिका अन्य पदाधिकारी तथा सदस्यहरूको पनि चयन गरिएको रास्वपाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images