images
images
  • मधेशको बजेट ४१ अर्ब, आन्तरिक राजश्व ११ अर्ब

    मधेस– मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

    सोमबार प्रदेश सभामा अर्थमन्त्री युवराज भट्टराईले प्रस्तुत गरेको बजेटमध्ये १४ अर्ब ६६ करोड ३२ लाख रुपैयाँ (३५.५४ प्रतिशत) चालु खर्च र २६ अर्ब ४७ करोड ५३ लाख रुपैयाँ (६४.३६ प्रतिशत) पुँजीगत खर्चका लागि विनियोजन गरिएको छ ।

    बजेटको स्रोत व्यवस्थापनका लागि आन्तरिक राजश्व तथा विविध प्राप्तिबाट ११ अर्ब २२ करोड ७५ लाख, संघीय राजश्व बाँडफाँटबाट १२ अर्ब ८३ करोड, वित्तीय अनुदानबाट ९ अर्ब ४९ करोड ५९ लाख र चालु आर्थिक वर्षको मौज्दातबाट ६ अर्ब ८ करोड ५२ लाख रुपैयाँ जुटाइने जनाइएको छ ।

    बाँकी अपुग हुने १ अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋणबाट पूर्ति गरिने अर्थमन्त्री भट्टराईले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images