images
images
  • सरकारी कर्मचारीको तलब १० प्रतिशतले बढ्यो

    मधेश– मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि सरकारी कर्मचारीको तलब १० प्रतिशत बढाउने घोषणा गरेको छ ।

    आइतबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज भट्टराईले कार्यसम्पादनका आधारमा थप १० प्रतिशत प्रोत्साहन भत्ता पनि उपलब्ध गराइने बताए ।

    सरकारले सार्वजनिक सेवामा हुने ढिलासुस्तीका कारण नागरिकलाई क्षतिपूर्ति दिने व्यवस्था गर्दै ‘हेल्लो सीएम एप’ र ‘हेल्लो मुख्यमन्त्री टोल फ्री नम्बर’ सञ्चालनमा ल्याउने जनाएको छ ।

    त्यस्तै, १८ देखि ३५ वर्ष उमेर समूहका युवालाई लक्षित गरी १०० दिने रोजगार ग्यारेन्टी कार्यक्रम सञ्चालन गरिनेछ। प्रदेश प्रहरी भर्नाका लागि पनि बजेट विनियोजन गरिएको छ ।

    यसैबीच, विगतमा चर्चित ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमलाई परिमार्जन गरेर अघि बढाइने सरकारको घोषणा छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images