काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कर्णाली प्रदेश सभापतिका लागि तीन जनाको उम्मेदवारी परेको छ ।
सभापतिका लागि वर्तमान सभापति मदन खड्का, नेता नन्दकिशोर बस्नेत (एनके) र कोषाध्यक्ष स्नेहा उपाध्याय चुनावी मैदानमा उत्रिएका छन् ।
सुर्खेतको वीरेन्द्रनगरमा जारी अधिवेशनमा प्रतिनिधि विवादका कारण आइतबार मतदान हुन नसके पनि विवादलाई यथावत राखेर मतदान प्रक्रिया अघि बढाइएको जनाइएको छ ।
करिब ५३० अधिवेशन प्रतिनिधिमध्ये झण्डै ३०० प्रतिनिधिमाथि विवाद रहेको बताइएको छ ।
रास्वपाको कर्णाली प्रदेश समिति ४१ सदस्यीय रहने व्यवस्था छ ।
सभापति र सदस्यको निर्वाचनपछि दोस्रो चरणमा अन्य पदाधिकारी चयन गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्























