काठमाडौं– गायिका मेलिना राई र गायक सियोन महर्जन ‘क्षितिज’को युगल स्वरमा सजिएको नयाँ गीत ‘कहीँ नभाको जात्रा’ सार्वजनिक भएको छ ।
गीतको म्युजिक भिडियो हालै दर्शकमाझ ल्याइएको हो ।
गीतमा शब्द तथा सङ्गीत योगेन्द्र उपाध्यायको रहेको छ ।

शङ्कर लिम्बूले रेकर्डिस्टको भूमिका निर्वाह गरेका छन् भने सङ्गीत संयोजन, मिक्सिङ तथा मास्टरिङ विश्व अधिकारीले गरेका हुन् ।
सार्वजनिक भिडियोमा सियोन महर्जन र खुसी कार्की रोमान्टिक भूमिकामा प्रस्तुत भएका छन् ।
भिडियोको निर्देशन तथा कोरियोग्राफी सियोन श्रेष्ठले गरेका हुन् ।

उत्सव दाहालको छायांकन रहेको भिडियो मनोज कार्कीले सम्पादन तथा कलर ग्रेडिङ गरेका छन् ।
म्युजिक भिडियोका निर्माता डा.साइअन महर्जन हुन् भने व्यवस्थापनको जिम्मेवारी निर्मल न्यौपानेले सम्हालेका छन् ।
भिडियोको प्रस्तुति क्षितिज महर्जनको रहेको छ ।

गायक सियोन महर्जनको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त भिडियो दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ ।

महर्जन चर्चित गायन रियालिटी शो द भ्वइस अफ नेपालको सिजन ७ मा ‘टिम मेलिना’बाट उत्कृष्ट तीन (टप–३) प्रतिस्पर्धीभित्र पर्न सफल भएका गायक हुन् ।
हेनुहोस् भिडिओ :


विश्व खबर 




















