images
images
  • मधेसमा अमरेश र मनिष झाको दबाबले रास्वपा अधिवेशन अन्योल

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेस प्रदेशमा आन्तरिक विवाद चर्किएको छ ।

    जिल्ला तहका नेताहरूले संघीय सांसदहरू अमरेश सिंह र मनिष झाले हस्तक्षेप गर्दै आफूअनुकूल नेतृत्व स्थापित गर्न खोजेको आरोप लगाएका छन् ।

    मधेसका आठ जिल्लामध्ये पर्साबाहेक सबै जिल्लाको अधिवेशन स्थगित भएको छ ।

    स्थानीय नेताहरूका अनुसार सांसदहरूको हस्तक्षेप, गुटबन्दी, जातीय तथा सामुदायिक ध्रुवीकरणका कारण संगठन अस्तव्यस्त बनेको हो ।

    सप्तरी, सिराहा, धनुषा, सर्लाही, महोत्तरी, रौतहट र बारामा सभापति चयन तथा प्रतिनिधि व्यवस्थापनको विषयलाई लिएर विवाद चर्किएको छ ।

    कतिपय स्थानमा कुटाकुट र झडपसमेत भएको बताइएको छ ।

    प्रदेश सभापति तपेश्वर यादवले भने समस्या हस्तक्षेपका कारण नभई नेतृत्वका आकांक्षी धेरै हुँदा उत्पन्न भएको दाबी गरेका छन् ।

    उनका अनुसार नवप्रवेशी नेताहरूले पार्टीको विधि र प्रक्रिया नबुझ्दा विवाद बढेको हो ।

    आन्तरिक विवाद उत्कर्षमा पुगेपछि केन्द्रीय निर्वाचन आयोगले मधेस प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नभएसम्म स्थगित गरेको छ ।

    यसले रास्वपाको आगामी महाधिवेशनसमेत प्रभावित हुने देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images