images
images
  • देउवा समूहका २ जना बने मन्त्री, गगन पक्षको हातमा राज्यमन्त्री

    कैलाली– सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसले चार मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेको छ ।

    मुख्यमन्त्री कमलबहादुर शाहविरुद्ध सुरु भएको असन्तुष्ट समूहको अभियान अन्ततः भागबण्डामै टुंगिएको छ ।

    असन्तुष्ट समूहका आठ सांसदमध्ये बेलबहादुर राना र मानबहादुर रावल मन्त्री बनेका छन् भने जुना दानी राज्यमन्त्री नियुक्त भएकी छन् ।

    राना र रावल दुवै शेरबहादुर देउवा–रमेश लेखक निकट मानिन्छन् ।

    उनीहरू विशेष महाधिवेशनमा सहभागी वा हस्ताक्षरकर्ता भने थिएनन् ।

    विशेष महाधिवेशनमा सहभागी भएर हस्ताक्षर गरेकी जुना दानीले भने राज्यमन्त्री पद पाएकी छन् ।

    उनको मर्यादाक्रम मन्त्रिपरिषद्मा सबैभन्दा अन्तिम रहेको छ ।

    असन्तुष्ट समूहका अन्य नेताहरू मन्त्री बन्ने चर्चामा रहे पनि अन्तिम सूचीमा परेनन् ।

    यसअघि हस्ताक्षर गरेर पछि फिर्ता लिएका विक्रमसिंह धामी भने मुख्यमन्त्री पक्षबाट अर्थमन्त्री बने ।

    मुख्यमन्त्री शाह स्वयं १४औँ महाधिवेशनमा देउवा समूहमा नरहे पनि पछिल्ला वर्षहरूमा देउवा नेतृत्वसँग निकट बन्दै प्रदेश राजनीतिमा बलियो पकड बनाएका छन् ।

    मन्त्री चयनमा पनि देउवा पक्षकै प्रभाव देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images