images
images
  • मन्त्री छनोटमा कुरा नमिलेपछि रोकियो मन्त्रिपरिषद् पुनर्गठन

    कैलाली– सुदूरपश्चिम प्रदेशमा मन्त्री छनोट गर्न नसकेपछि नेपाली कांग्रेसको असन्तुष्ट पक्षले अन्ततः नाम केन्द्रमा पठाएको छ ।

    मुख्यमन्त्री कमलबहादुर शाहलाई संसदीय दलको नेताबाट हटाउने प्रयासमा जुटेको समूह सरकारमा दुई मन्त्री र एक राज्यमन्त्रीको भाग पाए पनि आन्तरिक सहमतिमा पुग्न सकेको छैन ।

    लगातारको छलफलपछि पनि नाम टुंगो नलागेपछि सबै सम्भावित नाम केन्द्रमा पठाइएको नेता दिवानसिंह विष्टले जानकारी दिए ।

    उनका अनुसार समावेशितालगायत मापदण्डलाई ध्यानमा राख्दै सांसदहरूको सूची केन्द्रमा पठाइएको हो र केही घण्टाभित्रै अन्तिम नाम आउने अपेक्षा गरिएको छ ।

    यसअघि भएको सहमतिअनुसार असन्तुष्ट पक्षले दुई मन्त्री र एक राज्यमन्त्री पाउनेछ भने मुख्यमन्त्री पक्षले एक मन्त्री र एक राज्यमन्त्री पाउने व्यवस्था छ। मुख्यमन्त्री पक्षबाट विक्रमसिंह धामी आर्थिक मामिला मन्त्री बन्ने लगभग निश्चित भएको बताइएको छ।

    असन्तुष्ट पक्षभित्र मन्त्री छनोटमा सहमति नजुट्दा प्रक्रिया लम्बिएको हो। अब केन्द्रबाट आउने नामलाई अन्तिम मानेर शपथ गराइने तयारी छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images