काठमाडौं– लुम्बिनी प्रदेशका नवनियुक्त पाँच मन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले उनीहरूलाई शपथ गराएका हुन् ।
पुनर्गठित मन्त्रिपरिषद्मा एमालेबाट तुलसीप्रसाद चौधरी (कृषि, भूमि व्यवस्था तथा सहकारी), रामजीप्रसाद घिमिरे (स्वास्थ्य), रत्नबहादुर खत्री (भौतिक पूर्वाधार विकास) र डिल्लीराज भुसाल (ऊर्जा, जलस्रोत तथा सिँचाइ) मन्त्री बनेका छन् ।
जसपाबाट भण्डारीलाल अहिरले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
मुख्यमन्त्री चेतनारायण आचार्यले जेठ २० गते मन्त्री नियुक्तिका लागि सिफारिस गरे पनि प्रदेश प्रमुख बाहिर रहेकाले शपथ कार्यक्रम सोमबार सम्पन्न भएको हो ।
प्रतिक्रिया दिनुहोस्























