images
images
  • मन्त्रालय घटाउँदै सरकार, १२ बाट ८ मा झार्ने तयारी

    काठमाडौं– मधेस प्रदेशमा मन्त्रालयको संख्या घटाउने प्रक्रिया अघि बढाइएको छ ।

    हाल १२ वटा मन्त्रालय रहेकोमा यसलाई घटाएर ८ वटा (मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित ९ वटा संरचना) बनाउने तयारी गरिएको छ ।

    यसका लागि अर्थमन्त्री युवराज भट्टराईको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको छ ।

    कार्यदलमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी सचिव पार्वती शर्मा र ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका सचिव होमनाथ पौडेल सदस्य छन् ।

    कार्यदलले हालको मन्त्रालय संरचनाको अध्ययन गरी आवश्यकतानुसार गाभ्ने र पुनर्संरचनाको खाका तयार गर्नेछ। सोही प्रतिवेदनका आधारमा प्रदेश सरकारले अन्तिम निर्णय गर्नेछ ।

    स्रोतका अनुसार शिक्षा र स्वास्थ्य, श्रम तथा यातायात, खेलकुद तथा समाजकल्याण, वन तथा वातावरण र उद्योग तथा पर्यटन मन्त्रालयहरू गाभ्ने तयारी छ ।

    सरकारले प्रशासनिक खर्च घटाउने, सेवा प्रवाह प्रभावकारी बनाउने र संरचनालाई चुस्त बनाउन मन्त्रालय घटाउन लागिएको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images