images
images
  • रास्वपा बागमतीका ९ जिल्ला सभापतिमा पुरुष मात्रै निर्वाचित, महिलालाई बाइपास

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बागमती प्रदेशअन्तर्गत १३ जिल्लामध्ये ९ जिल्लाको अधिवेशन सम्पन्न भएको छ ।

    सम्पन्न भएका सबै जिल्लामा पुरुष सभापति निर्वाचित भएका छन्।

    काठमाडौंमा राजा शाक्य, भक्तपुरमा रामेश्वर बस्नेत, काभ्रेपलाञ्चोकमा प्रबिन ढकाल, सिन्धुलीमा अविनाश बस्नेत, रामेछापमा रमेश रायमाझी, दोलखामा दिनेश बस्नेत, नुवाकोटमा रामेश्वर गजुरेल, धादिङमा राजन अर्या र मकवानपुरमा सञ्जीव पाठक सभापतिमा निर्वाचित भएका छन् ।

    चितवन, रसुवा र ललितपुरमा आइतबार अधिवेशन हुँदैछ भने सिन्धुपाल्चोकको अधिवेशन स्थगित भएको छ ।

    सभापति पदका पाँच आकांक्षीबीच सहमति जुट्न नसक्दा अधिवेशन रोकिएको कार्यवाहक सभापति पासाङ तामाङले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images