काठमाडौं– विशेष अदालतले मधेश प्रदेश सभा सदस्य सरोजकुमार सिंहलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ४ वर्ष १ महिना कैद र ३८ लाख ५० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ ।
अदालतले उपभोक्ता समितिमार्फत विकास बजेटको एक तिहाइसम्म घुस लिएको पुष्टि भएको भन्दै उक्त रकम जफत गर्न आदेश दिएको छ ।
साथै १ लाख ५४ हजार रुपैयाँ क्षतिपूर्ति पीडित राहत कोषमा बुझाउन पनि निर्देशन दिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानअनुसार सिंहले मन्दिर, सडक तथा बर्थिङ सेन्टर जस्ता योजनामा बजेट मिलाइदिने नाममा विभिन्न उपभोक्ता समितिबाट कमिसन लिएको पाइएको थियो ।
अनुसन्धानमा उनका खातामा करोडौँ रुपैयाँ शंकास्पद रूपमा जम्मा भएको देखिएको थियो ।
विशेष अदालतले यसअघि नै उनलाई दोषी ठहर गरेको थियो भने हाल सजाय निर्धारण गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्























