images
images
  • विद्या–विष्णु–शंकर गुटको नेतृत्व हत्याउने सपनामा ब्रेक, ओलीले पूरै कार्यकाल एमाले चलाउने पक्का

    काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नेतृत्व नछाड्ने स्पष्ट संकेत दिएका छन् ।

    बुधबार काठमाडौंमा सुरु भएको सदस्यता नवीकरण कार्यशालालाई सम्बोधन गर्दै उनले फागुनको निर्वाचनलाई ‘तमासा’ भन्दै परिणाम पूर्वनिर्धारित गरिएको आरोप लगाए ।

    ओलीले वर्तमान सरकार, विभिन्न संवैधानिक निकाय तथा छानबिन आयोगहरूप्रति असन्तुष्टि व्यक्त गर्दै राज्य संयन्त्र पूर्वाग्रही ढंगले परिचालित भएको दाबी गरे ।

    उनले राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकामाथि पनि प्रश्न उठाउँदै सरकारको ‘रबरस्ट्याम्प’ बनेको आरोप लगाए ।

    पार्टीभित्र नेतृत्व हस्तान्तरणको बहस चर्किरहेका बेला ओलीले आफू अप्ठेरो परिस्थितिमा नेतृत्व छाडेर नभाग्ने बताउँदै आलोचकहरूलाई कटाक्ष गरे ।

    उनले एमाले अनुशासित र एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

    यता, कार्यक्रममा सहभागी एमाले उपाध्यक्ष विष्णु पौडेलले भने पार्टीको वर्तमान कार्यशैलीबाट अघि बढ्न नसकिने स्पष्ट बताए ।

    उनले निर्वाचनमा एमालेले इतिहासकै ठूलो पराजय भोगेको स्वीकार गर्दै संगठनात्मक पुनर्गठन आवश्यक रहेको धारणा राखे ।

    पौडेलले जनतासँगको सम्बन्ध कमजोर भएको स्वीकार गर्दै पार्टीलाई पुनः जनतामाझ लैजानुपर्ने आवश्यकता औँल्याए ।

    दुई दिनसम्म चल्ने कार्यशालामा देशभरका जिल्ला अध्यक्ष, सचिव, प्रदेश पदाधिकारी तथा जनसंगठनका प्रमुखहरूको सहभागिता रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images