images
images
  • दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, २१ जनाको मृत्यु

    काठमाडौं– भारतको राजधानी नयाँ दिल्लीस्थित मालवीय नगरको ‘लेमन ग्रीन’ रेस्टुरेन्टमा बुधबार बिहान भएको भीषण आगलागीमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।

    बिहान करिब ८ः५० बजे लागेको आगो नियन्त्रणका लागि दमकल, प्रहरी र उद्धार टोली परिचालन गरिएको थियो ।

    घाइतेहरूलाई साकेतस्थित म्याक्स अस्पतालमा उपचारका लागि लगिएको छ ।

    अस्पतालका अनुसार ३९ जना अस्पताल पुर्‍याइएकामध्ये १८ जनाको अस्पताल पुग्नुअघि नै मृत्यु भएको थियो ।

    १५ जना आईसीयूमा उपचाररत छन्, जसमध्ये आठ जनाको अवस्था गम्भीर छ ।

    आगलागीको कारण खुल्न बाँकी रहेको छ ।

    घटनाप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लगायत नेताहरूले दुःख व्यक्त गरेका छन् ।

    प्रधानमन्त्रीले मृतकका परिवारलाई जनही दुई लाख भारतीय रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images