काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई संयमित हुन चेतावनी दिएका छन् ।
सदस्यता नवीकरण कार्यशालालाई सम्बोधन गर्दै उनले सरकार पूर्वाग्रही ढङ्गले अघि बढेको आरोप लगाए ।
ओलीले भने, ‘समय परिस्थिति सधैं एउटै हुँदैन, उत्ताउलिँदै धेरै अघि नबढ्नुहोस् । राणाशासन, पञ्चायती व्यवस्था, राजतन्त्र सबै ढले, यो अराजकता पनि लामो समय टिक्दैन ।’
उनले वर्तमान राजनीतिक गतिविधि र शक्ति सन्तुलनलाई गहिरो रूपमा बुझ्नुपर्ने आवश्यकता रहेको बताए ।
ओलीका अनुसार कार्यशालाको उद्देश्य पार्टीलाई आगामी चुनौती सामना गर्न सक्षम र संगठित बनाउनु हो ।
उनले भदौ २३–२४ को घटनालाई राष्ट्रियता र देशभक्तिविरुद्धको गतिविधि भएको दाबी गरे ।
त्यसैगरी, उनले गत फागुनको निर्वाचनलाई तमासा भन्दै त्यसको परिणाम पूर्वनिर्धारित जस्तो देखिएको टिप्पणी गरे ।
प्रतिक्रिया दिनुहोस्






















